Logo

चलचित्र ‘चपली हाइट ३’मा स्वस्तिमा अनुबन्धित !



Spread the love

पछिल्लो समय चर्चा नै चर्चा बटुलेकी नायिका हुन्-स्वस्तिमा खड्का । पछिल्लो समय स्वस्तिमालाई लियर फिल्म बनाउने निर्देशकको चासो नै बनेको छ । निकेश खड्काले निर्देशन गर्न लागेको चलचित्र ‘चपली हाइट ३’ नायिका स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् ।

‘चपली हाइट’ र ‘चपली हाइट २’ लाई दर्शकले अत्यधिक रुचाएकाले उक्त चलचित्रको तेस्रो सिरिज ‘चपली हाइट ३’ निर्माण गरेको निर्देशक निकेश खड्काले बताएका छन् ।

चलचित्रलाई अर्जुन कुमारले निर्माण गर्ने भएका छन् । अर्जुन र निकेशले यस चलचित्र भन्दा पहिला पनि चलचित्र ‘फाटेको जुत्ता’मा सहकार्य गरेका थिए । चलचित्र निर्माण हुने पक्का भएता पनि अहिले सम्म नायिका स्वस्तिमा खड्का मात्र पक्का भएकी छिन् भने नायिका स्वस्तिमा खड्काले चलचित्रको कथा आफूलाई मन परेको पनि बताएकी छिन् । निर्माण टिमले अन्य कलाकारको नाम खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्