Logo

श्रीमतीसहित तीन जना कारागार चलान



Spread the love

११ भाद्र, भोजपुर – श्रीमान्लाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ, तामाङकै सासू षडाननन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ वर्षीया पम्फा तामाङ र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ३५ वर्षीय पूर्णबहादुर राईलाई कारागार चलान गरिएको जिल्ला अदालतका निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए । उनीहरुले जेठ २ गते ससुराली आएका बेला विष सेवन गराई हत्या गरेको भन्दै मानबहादुरका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले कविता र पम्फालाई असार २० गते र पूर्णलाई साउन १२ गते पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्