Logo

आधुनिक युगमा गयौं भन्दैमा अरू विषयको ख्याल नगरिनु राम्रो होइन : नेता रावल



Spread the love

११ भदौं, काठमाडौँ l सिङ्गापुरबाटै प्रधानमन्त्री कपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक गर्नु गलत भएको नेकपाका नेता भीम रावलले बताएका छन् ।

रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर गएका प्रधानमन्त्रीले विदेशबाट आफैँ मन्त्रिपरिषद बैठक बोलाउनु नीतिसंगत नरहेको बताउँदै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाउनु सुरक्षा र गोपनियताका कारण उपयुक्त नभएको पनि नेता रावलले बताए l

आज धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले आधुनिक युगमा गयौं भन्दैमा अरू कुनै चिजको ख्याल नगरिनु राम्रो नभएको बताएका छन् l प्रधानमन्त्री ओलीले सोमबार भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्