Logo

नेपाल भुटानलाई पराजित गर्न सके फाइनलमा पुग्ने !



Spread the love

११ भदौ, काठमाडौं । बिहीबार भारतमा जारी साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत नेपालले अन्तिम खेल भुटानसंग खेल्दैछ । नेपाललाई फाइनलमा पुग्न भुटानविरुद्ध जित निकाल्न आवश्यक रहेको छ ।

हिजो भएको खेलमा बंगलादेशविरुद्ध जित निकालेसंगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । साविक विजेता बंगलादेशलाई नेपालले ४-१ को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपाल र बंगलादेशको समान ६-६ अंक भएता पनि हेड टु हेडमा नेपाल अगाडि रहेको छ ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र भुटानको सहभागिता रहेको छ । राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।

प्रतिक्रिया दिनुहोस्