Logo

बार्सिलोना नेयमारको लागि पीएसजीसंगको सम्झौता अगाडी बढाउँदै



Spread the love

११ भदौ, काठमाडौं । मंगलबार ब्राजिलियन सुपरस्टार नेयमारको ट्रान्सफरलाई लिएर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र बार्सिलोनाबीच बसेको बैठक सकारात्मक रहेको बुझिएको छ ।

पीएसजीसँग बैठक बसेर बार्सिलोना फर्केपश्चात क्लबका प्रतिनिधि जाभिएर बोर्डासले संचारमाध्यमलाई सकारात्मक प्रगतिबारे जानकारी दिएका थिए । बार्सिलोना र पिएसजीबीच भएको छलफलमा आफूहरु सम्झौता नजिक पुगेको उनको भनाइ रहेको छ। बार्सिलोनाका तर्फबाट बोर्डास, ओस्कार ग्राउ, इरिक अबिडाल र एन्ड्रे करी छलफलमा सहभागी थिए।

नेयमार आफैंले पनि पीएसजीका निर्देशक लिओनार्डोलाई आफू बार्सिलोना जान चाहेको बताएका छन् । उनी दुई सिजन अघिमात्र बार्सिलोना छाडेर पेरिस आएका थिए ।

‘अहिलेसम्म सम्झौता भइसकेको छैन तर हामी सम्झौताको नजिक छौँ’ उनले भने। साथै अर्को बैठकका लागि पनि समय मिलिसकेको र सम्झौता हुने विश्वासमा रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्