Logo

युवाहरूको विकास अहिलेको आवश्यकता : मन्त्री विष्ट



Spread the love

११ भदौं, काठमाडौँ l आजको आवश्यकता सामाजिक उत्तरदायित्वसहितको उद्यमशिलता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् ।

आज काठमाडौँमा युवा नेतृत्व, सिर्जना र उद्यमशिलता राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री विष्टले समाजको उत्थानको लागि युवा उद्यमशिलता आवश्यक रहेको बताएका हुन् l

युवाहरूको सही परिचालनबाट मात्र मुलुकको विकास हुने बताउँदै सरकारले युवा लक्षित कार्यक्रम ल्याउने आश्वासन दिँदै आर्थिक, सामाजिक दृष्टिकोणले अगाडि बढ्नका लागि सामाजिक उद्यमशिलता अपरिहार्य रहेको मन्त्री विष्टको भनाई थियो l

युवा उद्यमशिलतालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै टिकाउ रूपमा युवाहरूको विकास अहिलेको आवश्यकता रहेको मन्त्री विष्टले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्