Logo

के तपाईँ प्रेममा धोका पाएर तनावमा हुनुहुन्छ? अपनाउनुहोस् यी उपाय



Spread the love

प्रेम भनेको यस्तो शब्द हो l जहाँ संसार अटेको हुन्छ । प्रेमलाई नत देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल महसुस गर्न मात्र सकिन्छ l प्रेम भनेको सिक्काको दुई पाटा हो l जहाँ स्वार्थ र निस्स्वार्थ दुवै समावेश हुने गर्छ l जब मानिस प्रेममा पर्छ तब उनीहरू सोच्ने गर्छन् कि संसारलाई जित्ने शक्ति मात्र उनीहरूसँग छ l प्रेम एउटा यस्तो महसुस हो जहाँ मानिसहरू हाँसी खुसी रमाउने गर्दछन् l तर जब प्रेम सम्बन्धमा रहेका व्यक्तिहरूको सम्बन्ध टुट्छ तब उनीहरू नै टुट्ने गर्छन् जसले गर्दा उनीहरूमा तनाव उत्पन्न हुने गर्छ l त्यसैले अपनाउनुहोस् यी उपाय जसले गर्दा सजिलैसँग निस्कन सकिन्छ प्रेम सम्बन्ध टुट्दा हुने तनावबाट l

  • नयाँ मित्रहरू बनाउनुहोस् साथै साथीहरूसँग घुमघाम पनि बढाउनुहोस् l जसले गर्दा तपाइको मन घुल्ने गर्छ र तनावबाट पनि सजिलै निस्कन सकिन्छ l
  • जब तपाईँको प्रेम सम्बन्ध टुट्छ तब एक्लै एक्लै बस्ने बानी नगर्नुहोस् l उक्त कुरा बारे आफ्नो त्यस्तो एक साथीलाई बताउनुहोस् l जसले तपाईँलाई राम्रोसँग बुझ्नका साथै तपाईँलाई सम्झाउन पनि सक्छ l
  • सधैँ आफूलाई व्यस्त राख्नुहोस् र नयाँ कामको सुरुवात गर्नुहोस् l जसले गर्दा तपाईँको ध्यान केवल काममा हुने गर्छ न कि प्रेम सम्बन्ध टुटेको तनावमा l त्यसैले स्वयंलाई व्यस्त राख्नुहोस् l
  • कहिल्यै पनि त्यस व्यक्तिको समान आफूसँग नराख्नुहोस् l जसले तपाईँलाई तनावग्रस्त बनाउँछ l त्यसैले त्यस्ता सामानलाई आफू भन्दा टाढा नै राख्दा उचित रहन्छ l
  • बढी मात्रामा आफ्नो परिवारसँग घुलमिल गर्नुहोस् l किनकि मात्र परिवारले तपाईँलाई बुझ्नका साथसाथै सम्हान पनि सक्छ l त्यसैले आफ्नो परिवारसँग नजिकि बढाउनुहोस् l

प्रतिक्रिया दिनुहोस्