Logo

संविधान दिवसको विदा राष्ट्रिय दिवस मनाउन हो, डेटिङ जान होइन : संचारमन्त्री बाँस्कोटा



Spread the love

११ भदौं, काठमाडौँ l संविधान दिवस भव्यताका साथ मनाउनका लागि सबैलाई आ–आफ्नो स्थानबाट योगदान दिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आग्रह गरेका छन् ।

संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसमितिले आज सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा सहभागिता जनाउँदै संचारमन्त्री बास्कोटाले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिएको भन्दै राष्ट्रसेवक कर्मचारी, सरकारी सङ्घ संस्था, निजी क्षेत्रका सङ्घ संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपुर्ण सहभागीताको अपेक्षा गरेको बताए ।

संचारमन्त्री बास्कोटाले भने, “त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, बियर खानका निम्ति, गर्लफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिइएको होइन । फाइनल कुरा यही हो, सिधा सिधा, राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।”

प्रतिक्रिया दिनुहोस्