Logo

पीडितलाई कुहिएको चामल : गुणस्तरहीन सामग्री वितरण गर्दै एनजीओदेखि दैवीप्रकोप



Spread the love

बाढीपिडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेको सामग्री वितरण भईरहेको भन्दै सप्तरीका बाढी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् ।

एनजीओदेखि जिल्ला दैवीप्रकोप उद्धार समितिले वितरण गर्ने राहत सामग्रीसमेत गुणस्तरहीन हुने गरेको उनीहरुको गुनासो छ ।

यसैबीच मंगलबार महुली सामुदायिक विकास केन्द्रले सप्तकोशी नगरापालिकामा म्याद गुज्रेको पानी छान्ने क्लोरिन वितरण गरेको फेला परेको छ । , यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्