Logo

मन्त्री महासेठ चढ्ने गाडी ट्राफिक प्रहरीको कारबाहीमा



Spread the love

११ भदौं, काठमाडौँ l भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ ।

मन्त्री महासेठ छाड्ने गाडी बानेश्वर क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेकै कारण कारबाहीमा परेको हो l कारबाहीमा परेको झण्डावाला गाडी बा २ झ ४८६२ नम्बरको छ ।

पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको सो गाडीलाई ट्राफिक प्रहरीले ह्वील लक गरेर चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेर छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीका अनुसार गाडीमा भने मन्त्री महासेठ थिएनन् ।

प्रतिक्रिया दिनुहोस्