Logo

खाना खाइसकेपश्चात यस्ता कामहरु भुलेर पनि नगर्नुहोस्



Spread the love

हाम्रो सानो गल्तिको कारण हाम्रो शरीरमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । मानिसको गलत खानपिनले पनि उसको स्वास्थ्यमा नकारात्मक असर परिरहेको हुने कुरा त हामीलाई थाहा नै छ । गलत खानपिन अथवा खानपिनपश्चात गरिने गल्तीले मानिसमा क्यान्सरको खतरा २ गुणा बढ्ने चिकित्सकको भनाइ रहेको छ ।

यस्ता काम जुन खाना खानुपश्चात गर्न हुदैन :
नुहाउनु :

खाना खाइसकेपछी आधा घण्टाको भित्र नुहाउँदा डाइजेशन ढिलो हुन्छ । खाना पूर्ण रूपमा डाइजेस्ट नहुनुको कारणले एसिडिटी र कब्जियतको समस्या हुनसक्छ ।

– फलफूल खानु :

खाना खाइसकेपछी एक घण्टा भित्र फलफूल खाँदा एसिडिटी र इनडाइजेशन हुनसक्छ । यसो गर्नाले ओभरइटिंग हुनसक्छ, जसले मोटोपन पनि बढ्न सक्छ ।

– स्मोकिंग गर्नु :

खाना खाइसकेपछी तुरुन्त स्मोकिंग गर्नाले क्यान्सर र मुटु रोगको खतरा दुई गुणा बढ्छ ।

– चिया पिउनु :

खाना खाइसकेपछी तुरुन्त चिया पिउँदा चियाको पातमा पाईने एसिडिटी प्रोपर्टी एसिडिटीको समस्या बढाउन सक्छ । खाना खाएको १ घण्टा पछी चिया वा कफी पिउन सकिन्छ ।

– ब्रश गर्नु :

खाना खाइसकेपछी तुरुन्त ब्रश गर्नाले दाँतको इनेमल निस्कन्छ । यसले दाँतमा ब्याक्टेरिया लाग्ने खतरा बढ्छ । यसकारण आधा घण्टा पछी ब्रश गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्