Logo

स्वतन्त्रता स्थापनाका लागि लड्ने दिन आयो : सभापति देउवा



Spread the love

११ भदौं, काठमाडौँ l नेकपाको सरकार देशलाई ‘कम्युनिस्ट स्टेट’ बनाउने दिशामा लागेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लगाएका छन् l

आज ललितपुरमा नेपाल प्रेस यूनियनले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउँदै सभापति देउवाले भने, “यो सरकार कम्युनिस्ट सरकार नै होइन । उनीहरू कम्युनिस्ट स्टेट बनाउन चाहन्छन् l मुलुकलाई कम्युनिस्ट स्टेट बनाउने खतरा सरकारबाटै छ l”

सभापति देउवाले प्रजातन्त्र, मानवअधिकार र वाक् स्वतन्त्रताका लागि फेरि लड्ने दिन आएको पनि बताए । उनले भने, “स्थायी प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्रता स्थापनाका लागि लड्ने दिन आयो, सरकारले सबै क्षेत्रमा कब्जा गर्दै गएको अवस्था बन्दैछ । त्यस्तो अवस्थामा लड्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्