Logo

भारतीय तटबन्धले नेपालमा सधै डुबान : ६ सय बढीका उठिबास, हजारौ बिघाको धानबाली सखाप



Spread the love

कोसीको पानी नेपाली भूभागमा छिरेका कारण सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब एक सय ६० वर्गकिलोमिटर क्षेत्र डुबानमा परेको तथ्य फेला परेको छ । यसबाट ६ सय परिवारको उठिबास भएको छ भने हजारौं बिघा जमिनमा लगाइएको धानबाली सखाप भएको छ ।

भारतले बनाएको पश्चिमी तटबन्ध (भारदहदेखि तिलाठीसम्म) राखिएका ६ वटा जलद्वार (स्लुइस गेट) बाट कोसीको पानी नेपाली भूभागमा छिरेको हो । यी जलद्वारबाट केही वर्षअघिसम्म नेपाली भूभागको पानी कोसीमा गएर मिसिन्थ्यो । यी क्षेत्रमा पानी नपस्ने र डुबान नहुने भएकाले यिनलाई ‘सुरक्षित क्षेत्र’ का रूपमा ‘चर्चित’ रहेको रम्पुरा मल्हनियाँका वासिन्दा तथा अधिवक्ता देवनारायण यादवले बताएको  खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

उनका अनुसार च्यानलाइज गरेपछि कोसीको पानीले भारदह, हनुमाननगर हुँदै इनरवा, को.बर्साइन, रम्पुरा मल्हानियाँ, कोइलाडी, सकरपुरा, तिलाठी, जोगनिया वडा नं. १ र २, लाई डुबानमा पारेको हो । कोसीको पानीले मात्र १० किलोमिटर चौडाइ र १६ किलोमिटर लम्बाइको नेपाली भूभाग डुबानमा परेको यादवले बताए । नेपालमै उत्पत्ति भएको मौलीको पानीसमेत कोसीमा मिसिने गरेको थियो । तर, मौलीको पानीसमेत डुबानको कारक बन्यो । ‘सुरुदेखि नै कोसीका ५६ ढोकामध्ये पश्चिमतर्पm (नेपाली भूभाग आउने) का ढोका खोलिदियो, जसले गर्दा पानी यतै (नेपालतर्फ) आयो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्