Logo

‘आफूलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो’ : स्वामी विवेकानन्द



Spread the love

स्वामी विवेकानन्द एक कर्मयोगी सन्त, हिन्दु दर्शनका चिन्तक एवम् एक कर्मठ समाजसेवी थिए । पिता विश्वनाथ दत्त र माता मुवनेश्वरीदेवी दत्तका जेष्ठ सुपुत्रका रुपमा उनको जन्म १८६३, जनवरी १२ मा भारतको कलकत्तामा भएको थियो । सानैदेखी आध्यात्मिक प्रकृतिका विवेकानन्द असाधारण किसिमका व्यक्तित्व थिए र उच्च श्क्षिा हासिल गर्ने क्रममा उनले पूर्वीय दर्शन, धर्म साहित्य र ज्ञानविज्ञानका क्षेत्रमा दक्षता र निपणता प्राप्त गर्न सफल भए ।

उनले २५ वर्षको उमेरमा सांसारिक मोह त्याग गरी सन्यासी बनेका महान दार्शनिक स्वामी विवेकानन्द जीवनभर मानव कल्याणका लागि समर्पित भए । मानव जातिका लागि ठूलो योगदान गरेर सन् १९०२ जुलाई ४ मा यस धर्तीबाट विदा भएका थिए ।

स्वामी विवेकानन्दले भनेका केही भनाइ यस्ता छन् जसले हामी सबैलाई प्रेरणा दिन्छ:

-आफूलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो ।
– ब्रम्हाण्डको सबै शक्ति हामीभित्र छ। तर हामीले आफ्ना आँखा आफ्नै हातले ढाक्छौं अनि संसार निकै अन्धकार रहेछ भनेर गुनासो गर्छौं ।
– सिक्ने र अनुभव बटुल्ने कार्यलाई जीवनभर निरन्तरता दिनुहोस् किनकी अनुभव नै सबैभन्दा ठूलो गुरु हो ।
– हामीले कहिल्यै पनि अरुको निन्दा गर्नु हुँदैन । यदि कसैलाई सहयोग गर्न सक्नुहुन्छ भने सहयोग गर्नुहोस् । यदि सहयोग गर्न सक्नुहुन्न भने अञ्जुली जोडेर आर्शीवाद दिनुहोस् र अगाडि बढ्न प्रेरित गर्नुहोस् ।
-यदि कसैले तपाईंलाई गाली गर्छ भने बदलामा आर्शीवाद दिनुहोस् । किनकी गाली गर्ने मानिसले तपाईंको झूठो दम्भ देखाएर तपाईंलाई नै मद्दत गरिरहेका छन् भनेर बुझ्नुपर्छ ।
– ज्ञान आफैंमा वर्तमान हो । मानिसले त केबल ज्ञानको आविष्कार मात्रै गर्न सक्छ ।
– जबसम्म तपाईंले आफैंलाई विश्वास गर्नुहुन्न तबसम्म तपाईंले भगवानप्रति विश्वास गर्न सक्नुहुन्न ।
– हामीले जति बढी अरुको भलाइ गर्छौं, त्यति नै हाम्रो आत्मा शुद्ध हुन्छ र हाम्रो आत्मामा परमात्माको बास हुन्छ ।
– तपाईंले भित्रैदेखिनै आफूलाई विकसित गर्नपर्छ । कसैले पनि तपाईंलाई ज्ञानी बनाउन सक्दैनन् । कसैले पनि तपाईंलाई आध्यात्मिक बनाउन सक्दैनन् । आत्मा नै तपाईंको सर्वश्रेष्ठ गुरु हो।
– कहिलेकाहीं मन र दिमागबीच अन्तर्विरोध वा टवराव हुने गर्छ । यस्तो अवस्थामा मनको कुरा नै सुन्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्