Logo

यसकारण मेकअप सफा गरेर सुत्ने गरौँ !



Spread the love

प्राय जसो युवतीहरू आफूलाई सुन्दर देखाउनका लागि विभिन्न किसिमको महँगा मेकअप लगाउने गर्छन् l तर कुनै युवतीहरूको बानी यस्तो पनि हुन्छन् कि सुत्ने बेला पनि आफ्नो मेकअप सफा गर्दैन् l जुन कि स्वास्थ्यको लागि हानिकारक छ l त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर मेकअप नधोई सुत्नाले कस्तो हानी गर्छ त?

लिपिस्टिक र मास्कारा
मास्कारा नहटाई सुत्दा यो आँखा भित्र छिर्न सक्छ जसले आँखा चिलाउने हुन्छ। त्यस्तै लिपिस्टिक लगाएर सुत्दा यसले ओठको प्राकृतिक ओस सोस्छ, जसले गर्दा ओठ फुट्ने जस्ता समस्या पनि उत्पन्न हुन्छ l

जलन गराउँछ
झुक्किएर पनि सुत्ने बखत मेकअप लगाएर नसुत्नुहोस् l किनकी सुत्ने बेला मेकअप सफा नगरी सुत्नाले यो छालाको स-साना छिद्र भित्र छिर्छ, जसले छालामा जलन बढाउनका साथै डण्डिफोर तथा काला धब्बाहरू पनि आउने गर्छ l

छालाले अक्सिजन पाउँदैन
मेकअप सफा नगरी सुत्नाका कारण छालाले चिल्लो र धुलो जम्मा पार्नका साथै छालाले बाहिरबाट पाउने अक्सिजन पाउन सक्दैन जसले गर्दा छाला चाउरी पर्ने जस्ता समस्या देखापर्छ l

प्रतिक्रिया दिनुहोस्