Logo

३८ वर्षसम्म अध्यापन गराएका शिक्षकलाई बिदाई



Spread the love

११ भदौ, गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नं ८ स्थित मालिका माध्यमिक विद्यालयमा बिदाई कार्यक्रम सम्पन्न भएको छ । बुधवार बिद्यालय परिवारले ३८ वर्षसम्म सोहि विद्यालयमा अध्यापन गराएका प्रधानाध्यापक बासुदेव अर्याललाई एक भव्य कार्यक्रमकाबीच बिदाई गरिएको हो ।

२०३७ पुस १ गते देखि मालिका माध्यमिक विद्यालयबाट शिक्षण पेसा सुरुवात गरेका प्रधानाध्यापक अर्याललाई आज फुलमाला, अबिर र मायाको चिनो प्रदान गरिएको थियो भने विद्यालयको तर्फबाट कदर पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै विद्यालयका शिक्षक खेमराज अर्यालले पुरानो पुस्तालाई बिदाई गरिएको भन्दै चिन्ता व्यक्त गरेका थिए । अग्रज गुरुलाई नदेख्दा विद्यालयमा खल्लो महसुस गर्नुका साथै उनलाई शिक्षक बासुदेव अर्यालले विद्यालयप्रति पुराएको योगदानको चर्चा समेत गरेको थियो । त्यस्तै, विद्यार्थी सुनिता जिसिले बिदाईमा दुःख हुने तर त्यसमा दुखी हुन नहुने भन्दै बिदाई भएका शिक्षक बासुदेव अर्यालको उज्ज्वल भविष्यको कामना गरेकी छन् ।

त्यस्तै विद्यार्थी नारायण गिरिले पनि बिदाई मन्तब्य राखेका थिए । साथै विद्यार्थी सिर्जना बुढाथोकीले बिदाई कबिता प्रस्तुत गरेकी छन् । बिदाई भएका प्रधानाध्यापक बासुदेव अर्यालले आफ्नो अध्यापन कार्यकालमा सहयोग पुराउने सम्पुर्णमा धन्यवाद ज्ञापन गरेका छन् । साथै एउटै विद्यालयबाट नियुक्ति र बिदाई हुन पाएकोमा खुसी व्यक्त गरेका थिए । आफ्नो शिक्षण कालमा कुनै सम्पत्ति नजोडेको तर देशको लागि सयौं जन शक्ति उत्पादन गरेको उल्लेख गरेका छन् ।

त्यस्तै, कार्यक्रमका प्रमुख अथिति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीका बहादुर जिसिले प्रधानाध्यापक अर्यालले बिद्यालयप्रति पुराएको योगदानको चर्चा लगायत उनको उज्ज्वल भविष्यको कामना समेत गरेका छन् ।

प्रधानाध्यापक अर्यालको अनुभब तथा सहयोगको साथ सदैब बिधालयलाई खाचो पर्न उनको भनाइ रहेको थियो । त्यस्तै कार्यक्रमका संचालक शिक्षक कृष्ण प्रसाद अर्यालले बिधालयको नेतुत्व दोस्रो पुस्तामा आएको भन्दै दोस्रो पुस्ताले विद्यालयको सहि नेतुत्व गर्न बचन व्यक्त गरेको थियो ।

नवनियुक्त प्रधानाध्यापक हेमराज पौडेलले सबै सहयोगको अपेक्षा राख्दै विद्यालयको हितको लागि सदैब तयार रहने उल्लेख गरेका थिए । कार्यक्रममा अभिभाबक लगायत सञ्चारकर्मी डिबि खड्का, सुमन पन्थीको सहभागीता रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्