Logo

आज मिति २०७६ साल भाद्र १२ गते बिहीबार, आजको राशीफल



Spread the love

आज मिति २०७६ साल भाद्र १२ गते बिहीबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – विवाद बढ्नेछ । अध्ययनमा रोकावट आउनेछ । राजनीतिक अपवाद लाग्न सक्छ । आकस्मिक धन खर्च हुनेछ । मित्र भेट होला ।

वृष राशी – संगीतमा रुचि बढ्नेछ । धार्मिक कार्य हुनेछन् । बौद्धिक वर्गसँग सहकार्यको अवसर मिल्नेछ । प्रेममा सफल हुनेछ । बुद्धि बढ्नेछ ।

मिथुन राशी– पारिवारिक सद्भाव बढ्नेछ । व्यावसायिक परिवर्तन हुनेछ । व्ययको अधिकता रहनेछ । कान्ति क्षय हुनेछ । यात्रा हुनेछ ।

कर्कट राशी – मन अस्थिर रहनेछ । निष्फल यात्रा हुनेछ । मनमा खिन्नता बढ्नेछ । सामाजिक क्षेत्रमा सुधार आउनेछ । विवाद बढ्नेछ ।

सिंह राशी– मनोरञ्जनमा खर्च बढ्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । धन आर्जन हुनेछ । नैतिकतामाथि आक्षेप लाग्न सक्छ । बुद्धि बढ्नेछ ।

कन्या राशी – आफूलाई कमजोर भएको अनुभूतिहुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। अनावश्यक धन खर्च होला।

तुला राशी – वित्तीय क्षेत्रको काममा फाइदा मिल्ने छ। नयाँ काम वा रोजगार पाइने छ। मान प्रतिष्ठामा बृद्धि होला।

वृश्चिक राशी – मानसिक चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला। अपरान्हपछि मन शान्त हुने छ। चिन्ता समाप्त हुने छ।

धनु राशी – शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्यको थालनी होला। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। दिन रमाइलोसँग बित्ने छ।

मकर राशी – मनको दुविधा हटेर जाने छ। मायाप्रेममा सफलता हासिल हुने छ। स्वास्थ्यमा देखिएको समस्या समाधान हुने छ। दिनको उत्तरार्धमा धन खर्च होला।

कुम्भ राशी – घरजग्गा खरीद तथा जग्गासम्बन्धी कारोबार हुने छ। यात्रा सफल हुने छ।

मीन राशी – अध्ययनसम्बन्धी कार्यमा प्रगति हुने देखिएको छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्