Logo

जाँदाजाँदै उपकुलपति खनियाँको विवादस्पद निर्णय : त्रिविमा ६० करोडको खेल



Spread the love

१२ भाद्र, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनीयाँले अवकाशको केही दिनअघि निजी मेडिकल कलेजहरुलाई फाइदा हुनेगरी विवादस्पद निर्णय गरेको भेटिएको छ ।

निजी मेडिकल कलेज सञ्चालकहरुको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थीलाई भर्ना गर्ने बाटो खोलेका छन् ।

निर्णयबारे बैठकमा सहभागीहरुले फरक/फरक प्रतिक्रिया दिएका छन् । निवर्तमान उपकुलपति खनीयाँ लगायतले बैठकमै निर्णय भएको बताए । हाल निमित्त उपकुलपति रहेकी रेक्टर सुधा त्रिपाठीले निर्णयबारे आफूलाई थाहा नभएको र कार्यालयमा बुझ्नुपर्ने प्रतिक्रिया दिइन् ।

यो निर्णय कार्यान्वयन भएमा मेडिकल कलेजहरुले हालकै अवस्थामा एक शैक्षिक सत्रमा ६० करोड रुपैयाँ अतिरिक्त आर्जन गर्छन् । यो समाचार आजको कान्तिपुर दैनिमा कृष्ण ज्ञवाली र सुदीप कैनीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्