Logo

साहित्यकार झमक घिमिरेको चलचित्र ‘जीवन काँडा की फुल’ ट्रेलर सार्वजनिक (हेर्नुहोस् ट्रेलर)



Spread the love

चर्चित साहित्यकार झमक घिमिरेको जीवनी र कृतिमाथि निर्माण गरिएको चलचित्र ‘जीवन काँडा की फुल’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ ।

उक्त चलचित्रमा उनले जीवनी पाएका यथार्थ दु:ख,कष्ठ र अपाङ्ग भएकै कारण उनले बाल्यकालमा पाएका दु:ख र पिडालाई यस चलचित्रमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

चलचित्रमा उनको सफलता भन्दा पनि कमजोरीलाई बढी प्राथमिकता दिएको छ । चलचित्रमा झमकको बाल्यकालको भूमिका अवस्था थापाले निभाएकी छिन् भने झमकको युवा अवस्थाको भूमिका रङ्गकर्मी रोजिता बुद्धाचार्यले निभाएकी छिन् । झमकको बहिनीको भूमिका सारिका घिमिरेले निभाएकी छन् ।


चलचित्र उनको कृतिमाथि निर्माण गरिएको छ । उनले जीवनमा निकै सङ्घर्ष र पिडा खेपेर नेपाली साहित्यमा निकै ठुलो योगदान दिएकी छन् । उनले मदन पुरस्कार पनि पाएकी छिन् । चलचित्रलाई विनोद विष्टले निर्माण तथा निर्देशन गरेका छन् । चलचित्र ‘जीवन काँडा की फुल’ आउँदो कार्तिक २२ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

ट्रेलर हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/YVqxJF824KQ

प्रतिक्रिया दिनुहोस्