Logo

३८ वर्षसम्म एउटै विद्यालयमा अध्यापन गराएर अवकाश !!!



Spread the love

१२ भाद्र, गुल्मी – नेपाली राजनीति, सामाजिक भिन्नता,शिक्षकको व्यवहार तथा भौगोलिक सुगमता र दुर्गमताका कारण ६/६ महिनामा शिक्षक सरुवा गर्ने प्रविृत्ति शिक्षाप्रेमी र अविभावकहरुलाई चिन्ताको विषय बनेको छ । छोटो समयमै शिक्षकहरू फेरबदल गर्दा त्यसले शैक्षिक गुणस्तरमा पार्ने प्रभावको बारेमा सम्बन्धित निकायको नजर अझै कामजोर नै देखिन्छ ।

कानुनी प्रक्रिया नै पुरा नगरी आफ्नो स्वार्थका  लागि शिक्षकहरू पटक पटक सरुवा गर्ने चलन नेपाली समाजमा प्रशस्त देख्न सकिन्छ । जुन विद्यालयमा नियुक्त भइन्छ उही विद्यालयबाट कतै सरुवा नभई अवकाश लिने सुनौलो अवसर सायद नेपालका केही भाग्यमानी शिक्षकहरूलाई मात्र मिल्छ । सोही सुनौलो अवसर मिलको छ, गुल्मीका एक कर्मठ शिक्षकलाई । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ स्थित मालिका माध्यमिक विद्यालयका शिक्षक वासुदेव अर्यालले सोही विद्यालयमा ३८ वर्षसम्म अध्यापन गराई ९ महिनासम्म प्रधानाध्यापकको  भार बोकि अवकाश लिएका छन् ।

२०३७ साल पुस १ गतेदेखि तत्कालीन मालिका निम्न माध्यमिक विद्यालयबाट आफ्नो शिक्षण पेशा सुरुवात गरेका अर्याल २०४२ साल जेठ २ गते स्थायी शिक्षक बन्न सफल भएका थिए । विज्ञान जस्तो महत्त्वपूर्ण विषय अध्यापन गराउँदै आएका अर्यालले हालको मालिका माध्यमिक विद्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधारमा महत्वपुर्ण योगदान दिएका छन् । उनले अध्यापन गराएका कयौँ विद्यार्थी देशको उच्च पदमा पुग्न सफल भएका छन् । वि.स २०७५ साल मङ्सिर ८ गतेदेखि उनले प्रधानाध्यापक पद सम्हालेका अर्याल शालीन र गम्भीर स्वभावका शिक्षकका रूपमा समेत परिचित छन् ।

अब  कस्तो रहला मालिका माविको शैक्षिक भविष्य ? 

पुराना तथा अनुभवी शिक्षकहरूले क्रमशः अवकाशको बाटो रोज्दै जाँदा अब पहिलाको मालिका मावि रहन्छ की रहँदैन भन्ने कुराले धेरै अविभाक र शिक्षाप्रेमीमा चिन्ताको बिउ रोपेको छ । मालिका मावि रहन्छ की रहँदैन? भन्ने त्यहाँको भाैतिक अवस्था नभई पुरानो शैक्षिक गुणस्तर कायम हुन्छ की हुँदैन भन्नेअर्थमा हो ।

अब मालिका मावि सिमलटारीमा १ जना मात्र पुराना शिक्षक रहेका छन् । मालिका माविले लगभग एउटा पुस्तालाई बिदाइ गरिसकेको छ । वि.स २०१६ सालमा स्थापना भएको उक्त विद्यालय गुल्मीको पश्चिम क्षेत्रकै शैक्षिक धरोहरका रूपमा परिचित छ ।

छोटो समयमै ठुलो सफलता पाएको मालिका माविलाई यही रफ्तारमा अगाडी बढाउन नयाँ पुस्तालाई पनि चुनौतीको विषय बन्न सक्छ । किनकि सरकारी स्कुलको खस्कँदो शैक्षिक गुणस्तर र बोर्डिङ स्कुलको मोहले पक्कै पनि मालिकाको रफ्तारमा चुनाैति ल्याउनेछन् । पछिल्लो समय सरकारी स्कुलको नतिजाले स्वयं सरोकारवाला नै बेखुसी छन् । नयाँ पुस्ताले समाहलेको मालिका माविको भविष्य कता जाने हो ? त्यो भने र्हेन बाँकी छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्