Logo

काेलकाता बन्दरगाहमा नेपालकाे आफ्नै कन्टेनर स्टेसन



Spread the love

१३ भाद्र, काठमाडाैँ । भारतकाे काेलकता बन्दरगाहमा नेपालले आफ्नै कन्टेनर फ्रेट स्टेसन सञ्चालन गरेकाे छ ।

कोलकाता पोर्ट ट्रस्टको समन्वयमा कार्यान्यवन हुने गरी उक्त योजना बन्न लागेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बताए ।खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहीबार उद्घाटन गर्दै नेपालको व्यापारलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने र व्यापार लागत कम गर्नु पनि हाम्रो आवश्यकता रहेकाे छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने सरकारको नारा नै हो मन्त्री यादवले भने ।

नेपालको आफ्नो जहाजको कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग्य गर्नेहरुले निकट भविष्यमै उक्त सपना साकार भएको हेर्न पाउने दाबी मन्त्री यादवले गरे । कार्यक्रम नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड (एनटिडब्लुसी) का अध्यक्ष मधुकुमार मरासनीको अध्यक्षतामा भएको थियाे ।

यस्ताे संरचना स्थापना हुनु भनेको तेस्रो मुलुकसँगको व्यापार व्यवस्थापनमा नेपालले फड्को लिनु रहेकाे भारतका लागि नेपालका महावाणिज्य दूत एकनारायण अर्यालले कार्यक्रममा बताए ।

महावाणिज्य दूत अर्यालका अनुसार कोलकाता बन्दरगाह प्रशासन, भारतीय भन्सार, कोलकाता महानगरपालिकालगायत सरोकारवालासँग समन्वय गरेर सिएफएस निर्माणको काम पूरा गर्न सकिएको हाे ।

कोलकातामा अहिले आयातकर्ताले एक टन सामानबापत सिएफएसको भाडा प्रतिदिन भारतीय रुपैयाँ ४५ देखि ६५ सम्म तिर्दै आएका छन्। अब, नेपालको सिएफएसमा त्यो सुविधा आधा शुल्कमा उपलब्ध हुनेछ।  ३५ लाख २० हजार रुपैयाँ खर्च गरेर बनाइएको सिएफएसमा पाँच सय कन्टेनर अटाउँछन्।

प्रतिक्रिया दिनुहोस्