Logo

हेल्प फर नेप्लीज र युवाहरुद्वारा तराईमा राहत बितरण



Spread the love

काठमाडौंको खर्चिलो बसाई, पढाईलाई दिनु पर्ने समय अनी सँगै समाज सेवा। बिद्यार्थी जीवन, आर्थिक रुपले घर परिवारमा भर पर्नु पर्ने बाध्यता।यती हुँदा हुँदै पनि देश र समाजका लागि केही गर्नु पर्छ भन्ने भावना। यस्तै जोस र जागर भएका सल्यानी युवाहरुको समुहले गत साउन २५ गते यता लगातार परेको अविरल वर्षा अनी त्यसपछी आएको भीषण बाढी पहिरोले पीडित पुर्बी तराईका जिलाहरुमा सहयोग गर्नका लागी सामाजिक संजाल मार्फत राहत संकलन गरी प्रभाबित जिल्लाहरुमध्य सप्तरीको एक दलित बस्तीमा खाद्द्यान लगायत सामानहरु बितरण गरी केही हदसम्म भए पनि घाउमा मलम लगाउन सहयोग गरेका छन।
विशुद्द समाज सेवा गर्नुपर्छ भन्ने युवाहरुको जमात र मुख्य गरी सल्यानी युवा संजालको अग्रसरतामा सँकलीत रकम र अन्य सामानहरु लिएर बाढी पीडितलाई बितरण गरिएको हो। यसबाट थोरै मात्रामा भए सप्तरीबासीले राहत महसुस गरेका छन।
कारीब ४ दिनको अवधीमा संजालमा पहिलो चरणमा संकलित सवा लाख बराबरको नगत र थप आवश्यक सामान किनेर बितरण गरिएको हो। साथै राहत संकलनका क्रममा प्राप्त लत्ता कपडा, खाध्य सामाग्री लगायत गरी कारीब एक ट्रक सामान लिएर बितरण गरिएको छ।
यसका लागि राहत संकलन गरीरहेका अन्य सामाजिक संस्थाका साथै बिभिन्न मिडिया संस्थाहरुसँग सहकार्य गरेर राहत वितरण गरिएको हो।
राहतका लागि संकलित रकमलाई पार्दर्शी बनाउनका लागि बिभिन्न संस्थाहरुको सहकार्यमा वेवसाइट पनि निर्माण गरिएको छ जसमा रकम र अन्य सहयोग उप्लब्ध गराउने व्यक्ती तथा संस्थाहरुको बिवरण सुचिकरण गरेर राखिएको छ। विभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट उत्साहजनक सहयोग प्राप्त भइरहेको नेप्लीजका अभियान्ता टुरुप संग्रौलाले बताएका छन् ।साथै पहिलो चरणमा प्रतिबद्दत्ता भएको सहयोग, नगत र थप राहत सामाग्रीहरु प्राप्त हुने क्रम जारी रहेकाले दोश्रो चरणमा पनि राहत बितरण कार्यक्रम गरिने भएको छ।
राहातको लागि सहयोग गर्न हेल्प फर नेप्लीजको टीमले सबैलाई आग्रह गरको छ ।
सल्लेरी खबर डटकम, मकालु खबर डटकम, टुगेदर वि क्यान ब्रीङ द चेन्ज, दियो पोष्ट डटकम, नेपाल राष्ट्रिय माडवारी परिषद–केन्द्रिय कार्यालय, सल्यानी युवा सञ्जाल, कुमार डटकम डट एनपी, अपारु, लाइट नेपाल डटकम, रिडर्स क्लब, निश्चल फाउण्डेशन, द कार्टुन क्रिऊ, जनप्रशासन कलेज, न्यू समिट कलेज लगायतका संस्थाहरुले सहयोग एक अर्कासँग सहकार्य गरेर रहात बितरणमा सहयोग गरीरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्