Logo

५ सय घुस दिन खोज्ने चालक पक्राउ



Spread the love
सांकेतिक तस्बिर

१३ भाद्र, काठमाडाैँ – झापाको मेचीनगर नगरपालिका–१३ मा प्रहरीलाई घुस दिन खोज्ने एक चालकलाई पक्राउ गरिएको छ । घुस दिन खोजेका मोरङको बेलबारी–११ का ५१ वर्षीय कविरबहादुर तामाङलाई आज पक्राउ गरिएको हो ।

पूर्वतर्फ आउँदै गरेको को१ज २५४५ नं को पिकअप गाडीमा गाईगोरु ल्याउँदै गरेका चालक तामाङले चारआली चोकमा जाँचमा खटिएका प्रहरीलाई रु ५ सय घुस दिन खोजेका थिए । प्रहरीले चालक तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्