Logo

यी शब्द उपहार तिमीलाई(कबिता)



Spread the love

श्रद्धा के.सी.
आगनमा फुल्ने त्यो सयपत्री
भन्दा रङ्गिन ,अनि त्यो जुन भन्दा
चम्किलो तिम्रो जिन्दगी तिमीलाई
नै दिनु छ त म के दिउ उपहार तिमीलाई ।

त्यसैले त भन्छु बा! मलाई
ती शुगन्धित फुलहरु हैन तिम्रो
ओठको हासो प्यारो लाग्छ
सबैले दिने ती बहुमुल्य उपहार

म दिन नसकुला तर त्यो
तिम्रो जिम्मेवारी अबश्य उठाउनेछु बा।।
नाङ्गो पैतलामा गोबियर बनेका ती
तिम्रा घाउहरु , दुख गर्दा
मेटियका ति हातका धर्सा अबश्य पुर्ने छु बा!!

त्यसैले ले त सबैले दिने उपहार
दिन सक्दिन म मलाइ तिर्नु छ
तिम्रो पसिनाको मूल्य मलाइ चुकाउनु छ
तिम्रो जिम्मेवारि को अभिभारा।।

तिमिले दु:ख गर्दा जुन धर्सा
तिम्रा हातका मेटियका छ्न ती
धर्साहरु भर्नु छ मलाई अनि, तिम्रो
जुन पसिनाले जमिन चिसियको
छ त्यो जमिन ओभ्याउनु छ मलाई।।

बा! मलाई ती बरान्डेड पर्फ्युम भन्दा तिम्रो
शरीर बाट निस्कियको पसिनाको
शुगन्ध औधी प्यारो लाग्छ किनकी,
मेरा लागि त्यही प्रिय चिज आज,
हरदिन मेरै लागि बगाउदै छौ।।

मलाई आज मात्र कहाँ होर बा!
जन्मौ जन्म तिम्रै मुहार त हेर्न मन छ
त्यसैले त भन्छु बर्षौको यो
एक दिन मलाइ जरुरी छैन तिम्रो मुहार हेर्न।।

प्रतिक्रिया दिनुहोस्