Logo

विश्वकै सानो बच्चा, जसको वजन एक स्याउको जत्रो



Spread the love

बेलायतको एक अस्पतालमा ६ सय २५ ग्राम वजन भएकी एक बालिकाको जन्म भएको छ। र ती बालिका जन्मिएको समय उनको तौल एक स्याउको जत्रो थियो।

उक्त शिशु अहिलेसम्म पनि अस्पतालको आईसीयूमै राखिएको छ । शिशुले भेन्टिलेटरको माध्यमबाट स्वास लिने र ट्युबबाट खाना खुवाउने गरिएको छ । अहिले शिशुको तौल ८ सय २५ ग्राम जति भएको छ ।

२३ हप्तामै जन्मिएकी उक्त शिशु जन्मिएको पाँच दिनपछि मात्र रोएकी थिइन् । १८ जुलाईका दिन जन्मिएकी ती शिुशुको जन्मिँदाको वजन झण्डै ६ सय २५ ग्राम रहेको थियो भने शरीरको लम्बाइ ११ इन्च थियो ।

प्रतिक्रिया दिनुहोस्