Logo

प्रिमियर लिगः म्यानचेस्टर सिटी र लिभरपुलको फराकिलो जित



Spread the love

१५ भाद्र, काठमाडाैँ – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले पराकिलो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा सिटीले ब्राइटन विरूद्ध ४–० को पराकिलो जित दर्ता गरेको हो ।

सिटिको जितमा केभिन डे ब्रुइना तथा बर्नाडो सिल्भाको नाममा एकएक गोल रहँदा सर्जियो अगुएरोको नाममा २ गोल रह्यो । लिगमा ४ खेल खेल्दा सिटी १० अंक सहित दोश्रो स्थानमा रहेको छ ।

त्यसैगरी लिग लिडर लिभरपुलले पनि शनिबारको खेलमा सहज जित निकालेको छ । लिभरपुलले बर्नलीको घरेलु मैदानमा भएको खेल ३–० को नतिजा सहित आफ्नो पक्षमा पार्न सफल भयो ।

लिभरपुललाई जित दिलाउन साडियो माने र फर्मिन्होले एकएक गोल गर्दा क्रिस उडले एक गोल उपहार दिए । यो जित प्रिमियर लिगमा लिभरपुलको लगातार १३औँ जित हो ।

प्रतिक्रिया दिनुहोस्