Logo

बराबरीमा रोकियो बार्सिलोना



Spread the love

१५ भाद्र, काठमाडाैँ – स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार भएको ओसासुना विरूद्धको खेलमा बार्सिलोना २–२ गोलको बराबरीमा रोकिएको हो ।

ओसासुनाको घरेलु मैदान एल सदरमा भएको खेलको ७ मिनेटमा नै बार्सिलोना पछाडी परेको थियो । रोबर्ट टोरेसले गोल गर्दै बार्सिलोनालाई पछाडी पारे । पहिलो हाफमा पछाडी नै परेको बार्सिलोना दोश्रो हाफमा अन्सु फाटिको गोलमा बराबरीमा आयो ।

त्यसै गरी ६४ मिनेटमा आर्थुर मेलोले गोल गर्दै बार्सिलोनालाई पहिलो अग्रता दिलाए । तर, ८१ औँ मिनेटमा रोबर्ट टोरेसको पेनाल्टी गोलले बार्सिलोनालाई बराबरीमा रोक्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्