Logo

६९ कामदार नेपाल फिर्न पाएनन्



Spread the love

१५ भाद्र, काठमाडाैँ – यूएइस्थित एड्भान्स मानेजमेन्ट सर्भिसेज कम्पनीले करार अवधि सकिइसकेका ६९ नेपालीलाई स्वदेश पठाइएको छैन । कम्पनीले भिषा रद्द गर्न नसक्दा कामदार फर्कन नपाएका हुन् ।

आफूहरुलाई तीन महिनादेखि क्याम्पमै राखिएको पीडित नेपाली कामदार बताउँछन् । उनीहरुलाई काममा समेत लगाइएको छैन ।

पीडितले दुई महिनादेखि नै दूतावासलाई अनुरोध गर्दै आएको बताएका छन् । तर दूतावासले कम्पनीबाट पाउने सुविधा दिलाएर स्वदेश पठाउन समन्वय भइरहेको जनाएको छ ।

यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्