Logo

आज आइतबार: धर्मशास्त्रका अनुसार के गर्न मिल्छ / के गर्न मिल्दैन



Spread the love

ज्याेतिष शास्त्रमा हरेक दिनलाई ग्रहसँग जाेडिएकाे छ । हप्ताकाे पहिलाे बार आइतबार (रबिबार) लाई सूर्यनारायणकाे दिन मानिन्छ । आजकाे दिन सूर्यनारायणकाे मन्त्र जप र पूजाकाे विशेष महत्त्व हुन्छ । सँगै याे दिन काशीका काेतवाल भैरवका लागि पनि प्रिय दिन हाे । ज्याेतिष विज्ञानका अनुसार हर ग्रहका इच्छालाई ध्यानमा राखेर केही कार्य गर्ने समयमा ध्यान राख्नु जरूरि छ

आउनुहाेस जानाै आइतबार के काम गर्ने र के काम नगर्ने

                    के नगर्ने ?

१. आइतबार सूर्य अस्ताउनु भन्दा पहिला नुनकाे प्रयाेग नगर्ने

२. आइतबारका दिन माछा,मासु र मदिरा सेवन नगर्नुहाेस् । यस्ता वस्तुकाे सेवनले सूर्यनारायणकाे दूष्प्रभावलाइ जगाउँछ ।

३. आइतबारका दिन मध्यान्हमा श्रीमान् श्रीमतीले सम्भाेग गर्नु हुँदैन ।

४. आइतबारका दिन पीपलकाे पूजा गर्नुहुदैन र पीपलमा पानी चढाउनु पनि हुँदैन । आइतबार पीपलमा दरिद्रताकाे वास हुन्छ भन्ने मान्यता छ ।

५. आइतबारका दिन तुलसीकाे पात टिप्नु नहुने र पानी चढाउन पनि नहुने ।

६. आइतबारका दिन तामाका भाँडा खरिद बिक्री गर्न नहुने

                      के गर्ने ?

१. आइतबारकाे दिन सूर्यनारायण र भैरवनाथकाे पूजा गर्ने विशेष दिन हाे । ब्रह्म साइत( सूर्याेदय भन्दा डेढ घण्टा पहिलेकाे समय ) मा नुहाएर सूर्याेदयमा भगवान् सूर्यनारायणलाइ जल मन्त्र सहित अर्घ दिनुहाेस् ।

२. आइतबारकाे दिन सूर्यनारायणकाे चमत्कारी मन्त्र र भैरवनाथकाे मन्त्र जप गर्नुहाेस् ।

३. आइतबारका दिन तामाकाे भाँडा, गुड (भेलि), राताे चन्दन र सूर्य महिमाकाे पुस्तक दान गर्नुपर्दछ । यसाे गर्नाले तपाइका बिध्न बाधा नष्ट भएर सुख शान्ति मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्