Logo

माग पूरा नभएकाे भन्दै विद्यार्थीद्वारा आइओएममा तालाबन्दी



Spread the love

१५ भदौं, काठमाडौँ l चिकित्सा शिक्षा सङ्घर्ष समितिले माग पूरा नगरेको भन्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)को डीन कार्यालय र परीक्षा शाखामा तालाबन्दी गरेको छ ।

उक्त तालाबन्दी सङ्घर्ष समिति संयोजकसमेत रहेका महाराजगञ्ज मेडिकल क्याम्पसका स्ववियू सभापति डा. मिलन गैरेको नेतृत्वमा गएको टोलीले गरेका हुन् ।

समितिले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएअनुसारको ७५ प्रतिशत छात्रावृत्तिको व्यवस्था हुनुपर्ने, साझा प्रवेश परीक्षा हुनुपर्नेलगायत ८ सूत्रीय माग राखेका छन् ।

काठमाडौँ विश्वविद्यालय, बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन कार्यालयमा समेत आफूहरूले तालाबन्दी गर्ने डा गैरेले बताउँदै उनले भने, ‘विद्यार्थी भर्ना गर्ने बेला आएको छ, हामीले राखेको माग पूरा भएको छैन । समितिले ७२ घण्टामा माग पूरा गर्न भनेर दिएको समय सीमा सकिएपछि हामीहरू बाध्य भएर तालाबन्दीमा उत्रिएको हौँ ।’

सरकारले आइओएमसहित चाहेमा आफूहरूद्ये उठाएको माग सजिलै पूरा गर्न सक्ने तर त्यसो नभएका कारण नै आफूहरूले बाध्य भएर तालाबन्दी गरेको समेत डा. गैरेले बताएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्