Logo

दुर्घटनाबाट सबैभन्दा बढीको मृत्यु मोरङमा, कतिले गुमाए १ वर्षमा ज्यान ?



Spread the love

१५ भाद्र, मोरङ – ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ प्रमुख नाराका साथ ट्राफिक प्रहरीले आज यहाँ सचेतना कार्यक्रम गरेको छ । खासगरी सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा प्रदेश नं १ मा सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु हुने जिल्ला मोरङ देखिएको छ ।

आर्थिक वर्ष २०७५÷७६ मा प्रदेशभरिमा सवारी दुर्घटनाबाट ३६४ को मृत्यु भएको छ भने आर्थिक वर्ष २०७४÷७५ मा ४२४ र सोभन्दा अघिल्लो वर्षमा ४५८ को मृत्यु भएको प्रदेश नं १ का ट्राफिक प्रहरी प्रमुख भीम दाहालले जानकारी दिए । दुर्घटनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी मोरङमा २९.७१ प्रतिशत छ ।

चालू आर्थिक वर्षमा साउनमा मात्र ४३.७५ प्रतिशत र भदौ महीनामा अहिलेसम्म २२.२२ प्रतिशत मृत्युको तथ्याङ्क मोरङकै रहेको प्रमुख दाहालले जानकारी दिए । निर्माणाधीन सडक र ढल, मालबाहक सवारी साधनको चाप, अपर्याप्त बिसौनी, सडक अतिक्रमण, फुटपाथमा व्यापार, ट्राफिक बत्ती र सडक सङ्केतको अभाव, अव्यवस्थित तीनपाङ्ग्रे सवारीसाधनको चाप र सडकसँग जोडिर लाग्ने साप्ताहिक हाटबजार दुर्घटनाका प्रमुख कारण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्