Logo

नमगाएको ठाउँका लागि पठाईए ३ सय गाईगोरू, केही मरे, धेरै छटपटाउँदै…



Spread the love

१५ भाद्र, काठमाडाैँ – बिहीबार राति अज्ञात समुहले अठाएर ल्याएका लगभग ३ सय गाईहरू मध्ये केही मृत र केही घाइते अवस्थामा भेटिए । बिहीबार राति अन्यत्र कतैबाट ठूलो संख्यामा गाई उठाइ ल्याएर सुर्खेतको कटकुवामा भीरबाट खसाइएको वीरेन्द्रनगर–१४ का स्थानीय कृष्णप्रसाद पोख्रेलले बताएका छन् ।

लगभग ३ सयको संख्यामा ल्याइएका गाई मध्ये २० भन्दा बढी मरेका छन् भने १ सय २० भन्दा बढी घाइते अवस्थामा रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा डिएसपी रवि रावलले सोही दिन अर्थात शुक्रबार नै घटनाको छानविन सुरू भएको बताए पनि घटनाको पुरा विवरण भने सार्वजनिक हुन सकेको छैन । तर, प्रहरीले सोही घटनाको आशंकामा ५ वटा ट्रक नियन्त्रणमा लिएको बताएको छ ।

कसरी लगिए ३ सय गाई ?

प्रहरी र स्थानीयहरूले बताए अनुसार गाईहरू धेरै ट्रकमा लोड गरेर ल्याइएका थिए । प्रहरी चौकीमा रेकर्ड भए अनुसार बिहीबार मध्यरातमा ८ वटा ट्रकहरूले पशु बोकेर सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएका थिए । जिल्ला प्रशासन कार्यालय बाँकेले गाई लान दिएको चिठी देखाएर ति ट्रकहरू इन्ट्रि भएको प्रहरी कार्यालयले जनाएको छ । पत्र अनुसार दैलेखमा रहेको धार्मिक स्थानमा सहयोग गर्ने बताउँदै ती गाईहरू पठाइएको पाइएको छ ।

के हुँदैछ अनुसन्धान प्रकृया ?

गृह मन्त्रालयले यस घटनाको अनुसन्धानका लागि समिति गठन गरेको छ । मन्त्रालयले बताए अनुसार उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन भइसकेको छ ।

कसले मगायो दैलेखमा ३ सय गाईगोरू ?

सुर्खेतमा खसालिएका गाईको दैलेखबाट कुनै माग नभएको खुलेको छ । तर, नेपालगञ्ज उपमहानगरपालिकाले भने चिठी काटेरै ८ वटा ट्रकमा लगभग ३ सय गाईहरू पठाएको पाइएको छ । त्यसरी ल्याइएका गाईगोरू मध्ये २० भन्दा बढी मरेका छन् भने धेरै घाइते अवस्थामा लडिरहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले ती गाईहरू दैलेखको धार्मिक स्थल श्रीस्थान मन्दिरमा लैजान अनुमति लिएको र सोही अनुसार गाईहरू वीरेन्द्रनगरसम्म पुर्याइएका थिए । तर, ती गाईहरू दैलेखमा कसैले पनि नमगाएको दैलेखका जनप्रतिनिधि तथा श्रीस्थान मन्दिर व्यवस्थापन समितिका अधिकारीले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्