Logo

पल शाह र आँचल शर्मा स्टारर फिल्म ‘जोनी जेन्टलम्यान ट्रेलर रिलिज



Spread the love

नायक पल शाह र नायिका आँचल शर्मा स्टारर फिल्म ‘जोनी जेन्टलम्यान’को ट्रेलर रिलिज भएको छ । नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर  युट्युब मार्फत सार्वजनिक गरिएको हो । नितिन चन्दको निर्देशनमा बनेको ‘जोनी जेन्टलम्यान’को ट्रेलरमा प्रेम र प्रेम प्राप्तीसँगै बदलालाई देखाइएको छ ।

कमेडी, एक्सन र प्रेम मिश्रित चलचित्रमा नेपाल र भारतका रमणिय दृश्य समेटिएका छन् ।योर स्टाइल पिचर्स र एजी इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् । ‘जोनी जेन्टलम्यान’मा एन्ड्रेउ पौडेलको लगानी रहेको छ भने अजय मल्ल ठकुरी कार्यकारी निर्माता हुन् । यस्तै सन्जु शाह चलचित्रका सह–निर्माता हुन् । चलचित्र भदौ ३० गतेबाट अल नेपाल रिलिज हुदैछ ।

हेर्नुहोस् ट्रेलर: 

https://youtu.be/4IzTM5mYsyc

प्रतिक्रिया दिनुहोस्