Logo

स्पेनिस ला लिगाको शीर्षस्थानमा एटलेटिको म्याड्रिड



Spread the love

१६ भदौ, काठमाडौं । स्पेनिस ला लिगाको शीर्षस्थानमा एटलेटिको म्याड्रिड उक्लिएको छ । आइतबारको भएको खेलमा एइबारलाई ३-२ गोलअन्तरले पराजित गर्दै एटलेटिको लिगको शीर्षस्थानमा पुगेको हो ।

एइबारले पहिलो हाफमै २-० को अग्रता बनाए पनि त्यसलाई कायम गर्न नसक्दा पराजय व्यहोर्नु पर्यो । फाबियन ओरेलानाको क्रसमा चार्ल्सले हेडरमार्फत खेलको आठौँ मिनेटमा गोल गर्दै एइबारलाई अग्रता दिलाए । त्यस्तै , १९ औं मिनेटमा अनैत्ज अर्बिल्लाले एइबारको अग्रता दोब्बर बनाए । तर, खेलको २७ औं मिनेटमा कोस्टाको पासलाई सदुप्रयोग गर्दै टिनएज स्टार जोआओ फेलिक्सले एटलेटिकोलाई खेलमा फर्काए ।

एटलेटिकोले ५२ औं मिनेटमा भिटोलोले रोमन लोडिको पासमा खेल बराबरीमा ल्यायो । खेलको अन्तिम मिनेटमा अर्का थोमस पार्टेले गोल गर्दै घरेलु टोली विजयी भयो ।

लिगको तेस्रो खेल सकिंदासम्म एटलेटिको शत प्रतिशत नतिजा निकाल्ने एकमात्र टोली हो ।

प्रतिक्रिया दिनुहोस्