Logo

किन मनाउँदैनन् त नेवार समुदायका महिलाहरूले तीज ?



Spread the love

आज देशभर हिन्दु नारीहरु हर्षोल्लासका साथ हरितालिका तीज मनाइरहेका छन् । हिजो साँझ र राती दर खाएर आज भने महिलाहरू पानी समेत नखाई दिनभर कठोर ब्रत बसिरहेका छन् ।

रातो सारी , चुरा र पोतेमा सजिएका महिलाहरू शिवालय लगायत विभिन्न स्थानहरुमा भेला भई पिडा व्यथा गाएर मनोरञ्जन गर्दै तीज मनाइरहेका छन् । तर, हिन्दु धर्म मान्ने नेपालको नेवार समुदायका महिलाहरू भने तीज पर्व मनाउँदैनन् । किन नेवार महिलाहरूले तीज मनाउँदैनन् ?

नेवारी परम्परा अनुसार केटीहरुको विवाह तीन पल्ट हुन्छ । पहिलो इहिं मचा, जस्मा बेलसँग विवाह गरिन्छ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ ।

सनातन हिन्दु नै भएतापनी नेवार समुदायका महिलाहरूले तिजको समयमा यो व्रत बस्नु पर्दैन अथवा भनौ बस्ने परम्परा छैन किन कि नेवार समुदायका सनातन कन्याहरुको बाल्य अवस्थामा नै भगवान् सुवर्ण कुमार ( हिरण्य गर्भ:) सँग वैदिक-तन्त्र निर्देशन अनुसार इही (इहीपा, विवाह ) संस्कार सम्पन्न भई कहिले पनि विधवा नहुने शास्त्रीय मान्यता प्राप्त गरी सकेका छन् ।

यस्तो अवस्थामा यो तीजको व्रत लिई नेवार महिलाहरूले पुन: सौभाग्यका लागि व्रत बसी कामना गर्नु पर्ने आवश्यकता धर्मशास्त्रले देखाएको छैन । यसै कारणले गर्दा सनातन हिन्दु नै भयेतापनी नेवार महिलाहरूले तीजको यो व्रत लिदैनन ।

आजकाल केही नेवार कन्या देखि महिलाहरूले अरुहरुको देखासिकी गर्दै तिजको व्रत बस्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्