Logo

थाहा पाउनुहोस् तपाईंको सम्बन्धको गहिराइ कति छ?



Spread the love

हजारौं, लाखौंको भीडमा आफूले खोजेजस्तै साथी पाउन भने पक्कै सजिलो छैन । त्यसमध्ये कसैलाई तपाईंले आफ्नो जीवनसाथी बनाउनुभयो । तर, उनीसँगको सहयात्रा कति सरल होला ? सही जीवनसाथी छनोट नगर्दा जीवन तनावग्रस्त बन्न सक्छ । यस्तो सम्बन्धमा न तपाईं अगाडि बढ्न सक्नुहुन्छ, न त्यसलाई बीचमै टुङ्ग्याउन तपाईंलाई सहज हुनेछ । त्यसैले यस्तो जीवनसाथी छनौट गर्नुपर्छ, जो तपाईंका लागि लायक होस् । तपाईंको भावनालाई सम्मान गर्ने जीवनसाथी नै तपाईंका लागि अति उपयोगी हुन सक्छ ।

सम्बन्धमा स्पेसको कुरा

आफ्ना साथीलाई उनको निजी जिन्दगीका लागि समय दिनु पनि एक राम्रो संकेत हो । यदि तपाईंले पनि पार्टनरका लागि निश्चित समय दिनुहुन्छ भने तपाईंहरुको सम्बन्ध सुमधुर रहनेछ । उनलाई हरक्षण आफ्नो निगरानीमा राख्नु राम्रो होइन ।

जीवनसाथीमा पूर्णताको अपेक्षा नगरौं

जीवनसाथीको हरेक कदममा तपाईंले गल्ती देख्नुहुनेछ र गल्ती औंल्याउँदै जानुहुनेछ । यसरी जीवनसाथीप्रतिको अनावश्यक अपेक्षाले तपाईंहरुको सम्बन्ध अरु खराब बन्न सक्छ ।

उमंगमय सम्बन्ध

जसलाई पनि व्यवहारिक जीवन चलाउने क्रममा समस्या आउँछ । तपाईंहरुले सबै दुःख र कष्ट छिचोलेर कति उमंगमय सम्बन्ध स्थापित गर्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हो । एकअर्कासँग तपाईंहरु रमाउनुपर्छ ।

भावनात्मक सहयोग

यदि राम्ररी आफुहरुबिचको सम्बन्धलाई अगाडि बढाउने हो भने तपाईंलाई जीवनसाथीको भावनात्मक साथको आवश्यकता पर्दछ । कुनै दुःखमा, समस्यामा, एक्लोपनमा, उदासीमा तपाईंको पार्टनरले तपाईंलाई भावनात्मक सहयोग गर्नुपर्छ ।

जीवनसाथीमाथि भरोसा

कुनैपनि सम्बन्धको मुख्य जरो भनेकै भरोसा हो । यदि भरोसा टुट्यो भने त्यो सम्बन्ध कहिल्यै जोडिदैन । त्यसैले एकअर्कावीच भरोसाको वातावरण बनाइरहनुपर्छ ।

आपसमा समझदारी होस्

यदि तपाईं आफ्नो सम्बन्धमा अगाडि बढ्न चाहनुहुन्छ भने तपाईंहरुले एकअर्काको गल्ती र कमजोरीलाई स्वीकार्नुपर्छ वा सच्याउनुपर्छ । यदि त्यस्तो भएन भने तपाईंले आफ्नो सम्बन्धबारे पुनर्विचार गर्न निक्कै जरुरि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्