Logo

बिहान यस्ता बस्तुहरु देख्यो भने दिन शुभसँग बित्छ



Spread the love

हिन्दु धर्ममा धेरै नै मान्यता रहेका छन् । मानिसका प्राय: स–साना क्रियाकलापहरु पनि उसको अन्य कुराहरुसँग गाँसिनछ । भनिन्छ बिहानको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रका अनुसार जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ हुन्छ :

-आगो
विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख गरिएको छ ।

-कुकुर
विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखियो भने पनि शुभ हुनेछ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल मिल्दछ ।

-श्रृंगार गरेकी स्त्री
विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो ।

-धर्मग्रन्थ
कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

-गाई
विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्