Logo

वार्ता गरी विश्वविद्यालयका ताला खोल्न निर्देशन



Spread the love

१६ भाद्र, काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा लगाइएको ताला खोलि परीक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । उनले विद्यार्थीका जायज माग पूरा गरेर तोकिएको समयमै प्रवेश परीक्षा सञ्चालनको वातावरण बनाउन दुवै विश्वविद्यालयका पदाधिकारीलाई आज निर्देशन दिएको मन्त्रीका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिए ।

उनले विद्यार्थीका माग पूरा गराउन तत्काल वार्ता समिति गठन गर्न दुवै विश्वविद्यालयलाई निर्देशन दिए । त्रिवि महाराजगञ्ज चिकित्सा अध्ययन संस्थान र महाराजगञ्ज डीनको कार्यालय तथा परीक्षा शाखामा चिकित्सा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनलगायतका विद्यार्थीले आइतबारदेखि ताला लगाएका छन् । विद्यार्थीले समग्र चिकित्सा सुधारको माग गर्दै ताला लगाएका हुन् । संस्थानले यहि भदौ २१ गते एमबिबिएसका लागि प्रवेश परीक्षा तोकेको छ ।

यसैगरी त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले कुनै पनि समस्याको समाधान वार्ता, सम्वाद र छलफलबाट हुने भएकाले वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरे । आज विज्ञप्ति जारी गदै उनले डीन कार्यालयले तत्कालै वार्ता समिति गठन गरी सकेकाले वार्तामा आउन आग्रह गरेका हुन् । उनले वार्ता समितिसँग छलफल गरी समस्या समाधान गर्न आग्रह गर्दै लगाइएको ताला खोली आम विद्यार्थीको जीवनसँग जोडिएको प्रवेश परीक्षा सूचारुरुपले सञ्चालन गर्ने वातावारण सिर्जना गरी दिन हुन सम्बन्धितलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्