Logo

मंगलबारका दिन गर्नुहाेस यी उपाय, बदलिने छ भाग्य



Spread the love

वैदिक ग्रन्थमा मंगल काे दिन सबैभन्दा शुभ र कल्याणकारी मानिएकाे छ । ग्रन्थका अनुसार आजैका दिन भक्तराज हनुमान आफ्ना भक्तहरूलाई सम्झिन्छन् । यदि तपाइलाई लाग्छ कि जति मेहनत गर्दापनि सफलता मिल्दैन र कतैपनि याेग्य हुनुसक्नु भएन यदि यसाे हाे भने मंगलबारका दिन अपनाउनुहाेस यी उपाय, तपाइकाे बन्द भाग्यकाे ताला खुल्ने छ र अवस्यपनि लाभ हुनेछ ।

१. मंगलबारका दिन तान्त्रिक हनुमान यंत्रकाे स्थापना गर्नुकाे धेरै महत्त्व छ । मंगलबारका दिन आफ्नाे पूजा गर्ने ठाउँमा तान्त्रिक हनुमान यंत्रकाे स्थापना गर्नुहाेस र त्यस यंत्रकाे पूजा गर्नुहाेस । चाडै फल मिल्नेछ ।

२. मंगलबारका दिन साँझकाे समयमा कुनै हनुमान मंदिरमा जानुहाेस् र एउटा सरसुकाे तेलले र एउटा शुद्ध गाइकाे घिउले दियाे जलाउनुहाेस् । त्यसपछि त्यहीँ बसेर हनुमान चालिसाकाे पाठ पढ्नुहाेस् । हनुमानकाे कृपा पाउने राम्राे उपाय हाे ।

३. मंगलबारका दिन बिहान नुहाएर कुनै पिपलकाे रूखकाे तल सरसुकाे तेलले दियाे बाल्नुहाेस् । त्यसपछि पूर्व दिशातिर मुख गरेर तुलसीकाे माला हातमा लिएर ११ चाेटि राम नामकाे जप गर्नुहाेस् ।

४. कुनै पनि मङ्गलबार साँझकाे  समय हनुमानजीलाइ गुलाबकाे माला चढाउनुहाेस् । हनुमानजीलाइ प्रसन्न गर्ने याे उपाय सबैभन्दा राम्राे उपाय हाे ।

५. मंगलवारका दिन बिहान नुहाएर बरकाे एउटा पात लिनुहाेस् र त्यसलाइ शुद्ध पानीले धाेएर केही समयसम्म हनुमानजीकाे अगाडि राख्नुहाेस् र त्यसपछि त्यसमा केशरी रंगले जय श्रीराम लख्नुहाेस् र त्यस पातलाइ आफ्नाे पर्समा राख्नुहाेस् । यसाे गर्नाले कहिल्यै धन खाली हुनेछैन ।

६. यदि तपाइ शनि ग्रहले पीडित हुनुहुन्छ भने मंगलबारका दिन एउटा भाँडामा काला काेइला राख्नुहाेस् र त्यसमा एक/ दुई रूपैँयाकाे सिक्का राख्नुहाेस् । त्यसपछि त्याे भाँडालाइ आफ्नाे पुरै शरीर घुमाएर कुनै नदिमा बगाउनुहाेस् । त्यसपछि कुनै हनुमान मंदिरमा गएर राम नामकाे जप गर्नुहाेस् । यसाे गर्नाले शनि दाेषकाे प्रभाव कम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्