Logo

श्रीमतीको कस्तो बानीले गर्दा श्रीमानमा शङ्का उत्पन्न हुन्छ?



Spread the love

हामीलाई थाहा छ l विवाहित जीवनमा श्रीमानले आफ्नो श्रीमतीलाई प्रेम, विश्वास गर्नका साथै शङ्का पनि गरिरहेका हुन्छ l जसले गर्दा उनीहरूको विवाहित सम्बन्ध धमिलिँदै जाने गर्छ l आखिर श्रीमतीको कस्तो बानीले गर्दा चाही श्रीमान्मा शङ्का उत्पन्न हुन्छ त? त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त विषयबारे l

अन्य पुरुषको कुरा गर्नु :
यदि कुनै श्रीमतीले आफ्नो श्रीमानलाई अन्य पुरुषको बारेमा केही कुरा बताउने गर्छ भने श्रीमानमा सोही कुराले गर्दा पनि आफ्नो श्रीमतीप्रति शङ्का गर्ने हुन्छन् l त्यसैले झुक्किएर पनि आफ्नो श्रीमानको सामु अन्य पुरुषको बारेमा कुरा नगर्नुहोस् l

एक्लै बाहिर जानु :
जब श्रीमती श्रीमानको अनुपस्थितिमा नै बाहिर एक्लै एक्लै जाने गर्दछन् l भने पनि श्रीमानको मनमा श्रीमती प्रति शङ्का उत्पन्न हुने गर्छ l जसले गर्दा दुई जनाबीचको सम्बन्ध धमिलिँदै जान्छ l त्यसैले बाहिर कहिकतै जाने क्रममा कुनै साथी लगेर जाने बानी बसाल्नुहोस् l

मोबाइल बढी चलाउनु :
यदि श्रीमतीले श्रीमानको उपस्थितमा श्रीमान् भन्दा पनि बढी मोबाइलमा ध्यान दिने गर्दछ भने थाहा पाउनुहोस् l सोही कार्यबाट पनि श्रीमानको मनमा श्रीमतीप्रति शङ्का उत्पन्न भइरहेको हुन्छ l

घरमा कार्यालयका कुरा
जब एक विवाहित महिलाले आफ्नो घरमा कार्यालयको बढी कुरा गर्नका साथै प्रशंसा गर्दछ तब श्रीमानको मनमा त्यतिकै शङ्काको पाटो उत्पन्न हुने गर्छ l जसले गर्दा श्रीमानले श्रीमतीलाई शङ्का गर्ने गर्छ l त्यसैले झुक्किएर पनि आफ्नो श्रीमानको सामु कार्यालयको प्रशंसा नगर्नुहोस् l

सजिन बढी ध्यान
सामान्यतः सजिने र तयारी गर्ने बानी पुरुषको तुलनामा महिलाको बढी हुने गर्दछ । तर यही कुरा कतिपय पुरुषका लागि पाच्य हुँदैन । त्यसले पनि दाम्पत्य जीवनमा चिसोपन ल्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्