Logo

१० औं पटक पोर्चुगिज वर्षका उत्कृष्ट खेलाडी रोनाल्डो



Spread the love

१७ भदौ, काठमाडौं । १० औं पटक स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पोर्चुगिच वर्ष खेलाडीको अवार्ड हात पारेका छन् । योसँगै उनी लामो समयसम्म यो उपाधि जित्ने पहिलो खेलाडी बन्न सफल भएका हुन् ।

३४ वर्षे सुपर स्टारले देशको वार्षिक अवार्ड सन् २००७ यता उनी २०१० र २०१४ मा बाहेक सधै वर्षका उत्कृष्ट अवार्ड हात पार्दै आएका छन् ।

उनले यो अवार्डका लागि एट्लेटिको म्याड्रिडका जाओ फिलिक्स, म्यानचेस्टर सिटीका बेर्नार्डो सिल्भा, स्पोर्टिङ लिस्बनका ब्रुनो फेर्नान्डेज र उल्भका रुविन नेभिसलाई पछि पारेका थिए ।

रोनाल्डो अब फिफा दि बेष्ट अवार्डको पर्खाइमा रहेका छन् । उनले क्लबलाई दिलाएको सफलता होस् वा उनले प्राप्त गरेको व्यक्तिगत अवार्ड सुचिको पनि सुचि लामै छ ।

प्रतिक्रिया दिनुहोस्