Logo

सञ्चिता लुईटेल अभिनित फिल्म ‘लिला’को ट्रेलर रिलिज



Spread the love

नायिका संचिता लुइटेलको मुख्य भूमिका रहेको फिल्म ‘लिला’को ट्रेलर सार्वजनिक भएको छ। भदौ ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ ।


सिने दर्पण इन्टरटेमेन्ट को ब्यानरमा निर्माण भएको फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन्। सिपी पौडेल कार्यकारी निर्माता रहेको यस फिल्ममा लक्ष्मण बस्नेत र विमला घिमिरेको पनि लगानी रहेको छ। वसन्त सापकोटा र रमेश खड्काको संगीत रहेको फिल्ममा शिव ढकालको छायाँकन, सुवास देवकोटाको सम्पादन, कमल राईको नृत्य रहेको छ।

 फिल्ममा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, धुर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ ।
हेर्नुहोस् ट्रेलर:

https://youtu.be/PfMA5kUwiGQ

प्रतिक्रिया दिनुहोस्