Logo

पीएसजीमा गोलरक्षक नाभास र फरवार्ड माउरो अनुबन्धित



Spread the love

१७ भदौ, काठमाडौं । ट्रान्सफर विन्डोको अन्तिम दिन फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले गोलरक्षक केलर नाभास र फरवार्ड माउरो इकार्डीलाई अनुबन्ध गरेको छ ।

नाभासलाई प्रशिक्षक जिदानले पहिलो रोजाइमा राख्न नसक्ने प्रष्ट पारेसंगै क्लब छाड्न छुटकारा दिएपछि नाभासले पीएसजीको प्रस्ताव स्वीकार गरेका हुन् । रियल म्याड्रिडसमक्ष पीएसजीले नाभासलाई १५ मिलियन युरोमा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो । यस प्रस्ताव स्वीकार गरेपछि फ्रान्सेली टोलीबाट गोलरक्षक अल्फोन्स भने एक सिजनका लागि लोनमा रियल म्याड्रिड आउने छन् ।

अर्जेन्टिनाका स्ट्राइकर माउरो इकार्डी पिएसजीमा लोनमा आबद्ध भएका छन्। उनी एक सिजनका लागि इटालियन क्लब इन्टर मिलानबाट पिएसजीमा आबद्ध भएका हन्। २६ वर्षीय स्ट्राइकर इकार्डीले दुई वर्ष सम्झौता लम्बाउन सकिने प्रस्तावमा पनि हस्ताक्षर गरेका छन्। ६ वर्ष इन्टर मिलानमा बिताएका उनले २१९ खेल खेल्दै १२४ गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्