Logo

ओमानमा हुने टि २० सिरिज ज्ञानेन्द्रले गुमाउने



Spread the love

१७ भदौ, काठमाडौं । ओमानमा आगमी अक्टोबरमा हुने पाँच राष्ट्र सम्मिलित टि२० सिरिज उप कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् । ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै सिरिज नखेल्ने बताएका हुन् ।

आगमी अक्टोबर ५ देखी १० सम्म ओमानमा हुने टि२० सिरिजमा आयोजक ओमानसँगै नेपाल, आयरल्याण्ड, नेदरल्याण्ड र हङकङले सहभागिता जनाउने छन् ।

नेपालले ६ अक्टोबरमा हङकङ,७ अक्टोबर नेदरल्यान्ड,९ अक्टोबरमा आयरल्यान्ड र १० अक्टोबरमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो महिना सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा मलेसियाविरुद्ध २० बलमा अर्धशतक पुरा गरेका थिए । टि२० सिरिजको लागि नेपालले दुई दिन अघिदेखी बन्द प्रशिक्षण सुरु गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्