Logo

वर्किङ वुमेन्सका लागि अफिस वेयरका सेलेक्टिभ पहिरन



Spread the love

अफिस वेयरका सेलेक्टिभ पहिरनबाट हरेक दिन नयाँ लुक क्रिएट गर्न सकिन्छ । यसका लागि आफ्नो पहिरनमा इन्डो वेस्टर्न कुर्ती, नि–लेन्थ स्कर्ट, फिटेड सर्ट, सेमी फिट ट्राउजर, सिगरेट पाइन्ट, वेस्ट कोट, कटन साडी, स्कार्फ–स्टोल, ओभरसाइज ब्याग, वेजेज, स्टाइलिस फुटवेयर आदिलाई समावेश गर्नु उपयुक्त हुन्छ ।

साताको पहिलो दिन कम्फर्टेबल पहिरनबाट सुरु गर्नु उपयुक्त हुन्छ । ट्राउजर र सर्ट कम्फर्टेबल पहिरनका लागि परफेक्ट च्वाइस बन्न सक्छ । नेवी ब्लु, ब्राउन वा चारकोल ग्रे जस्ता कलर छनोट गर्नुपर्छ वा क्लासिक फिटेड सर्टसित पिन स्ट्राइप पाइन्ट लगाउन सकिन्छ  । यो पहिरनमा ग्ल्यामरस देखिने चाहना भए मेटालिक ग्रे, मिड नाइट ब्लु आदि सेड्सको टप लगाउनुपर्छ । यसका साथमा रेड कलरको लेदर ब्याग बोक्नु उपयुक्त हुन्छ ।

फ्युजन फेसनको चाह भए ट्रेडिसनल सलबार–कमिजलाई लगाएर नयाँ लुक प्रदान गर्न सकिन्छ । फेमिनिन लुकको चाहना भए आफ्नो रोजाइको कुनै राम्रो कलरमा सेमी फिटेड ए लाइन स्कर्ट लगाउन सकिन्छ । यसका लागि हेभी फेब्रिकयुक्त पहिरन उपयुक्त हुन्छ । यसमा वेजेज स्यान्डल सुहाउँछ ।

सातामा एकपटक कर्पोरेट लुकमा हिँड्नका लागि टेरी बुल वा लाइक्रा फेब्रिकमा फिटेड पहिरन लगाउनुपर्छ । ब्राइट कलर, जस्तै फुसिया पिंक कलरको स्कार्फ लगाउन सकिन्छ ।

अफिसका लागि रस्ट, ग्रिन, ब्राउन आदि कलरको कटन वा सिल्क साडी छनोट गर्न पनि सकिन्छ । सातामा एकपटक ट्रेडिसनल आउटफिटमा सबैभन्दा अलग र विशेष देखिन पनि सकिन्छ ।

विकेन्डका लागि जिन्स राम्रो अप्सन हो । जिन्सलाई साटन सर्ट तथा वेस्ट कोटसित मिलाएर पनि लगाउन सकिन्छ । बिदाका दिन आफुले चाहेअनुरुपको पहिरन इन्डो वेस्टर्न, जिन्स, कुर्ता, सलबार–कमिज, ट्राउजर वा लेगिङ्स आदिमध्ये जुनसुकै लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्