Logo

वर्षा याममा कस्तो मेकअप गर्दा उपयुक्त हुन्छ ?



Spread the love

वर्षा याममा पसिना धेरै आउने भएकाले मेकअप टिकाउन वाटर प्रुफ मेकअप गर्नुपर्छ । दिउँसो मेकअप गर्दा लाइट ओयल फ्रि फाउन्डेसन प्रयोग गर्दा राम्रो हुन्छ । वर्षामा लुज पाउडर वा ट्रान्सलुसन पाउडर प्रयोग गर्न पनि सकिन्छ ।

म्याट लिपिस्टिक प्रयोग गर्ने, आँखामा वाटर प्रुफ मस्कारा तथा वाटर प्रुफ लाइनर प्रयोग गर्दा राम्रो हुन्छ । मेकअप गर्दा बेसको छनोट सही हुनुपर्छ । लामो फेस छ भने चिकबोनबाट हल्का राउन्ड सेपमा लाने र यदि चिकबोन ठूलो भए डार्क सेट र लाइट सेट मिलाएर कटिङ गर्ने पर्छ  ।

राउन्ड सेप फेसमा हल्का चिकबोनबाट जलाइनमा लानु पर्छ । लिपमा लिपिस्टिक लगाउनुअघि हल्का फाउन्डेसन लगाउने । यसले लिपिस्टिकलाई बढी टिकाउन सहयोग गर्छ ।

वर्षा लागि पिंक, पिच, रेड कलर बढी खुल्छ । वर्षामा छाला बढी मात्रामा तैलीय हुने हुँदा राति सुत्नुअघि राम्रोसँग मेकअप हटाएर सुत्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्