Logo

गीताको १८ अध्यायमा तपाईँको जीवनको हरेक प्रश्नको जवाफ लुकेको हुन सक्छ!



Spread the love

श्रीमद्भागवत गीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो ।यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ ।

भगवतगीता अनुमानत आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । यसको रचना महर्षि वेदव्यासले गरेका थिए ।
पहिलो अध्याय

गीताको पहिलो अध्याय अर्जुन-विषाद योग छ । यसमा भनिएको छ कि कसरी अर्जुन आफन्तसँग युद्ध गर्न डराउँछन् र उनलाई भगवान कृष्णले कसरी सम्झाउँछ ।

दोस्रो अध्याय

 यसमा श्रीकृष्णले अर्जुनलाई कर्मयोग, ज्ञानयोग, संख्यायोग, बृद्धि योग र आत्मको ज्ञान दिन्छ । यो अध्याय वास्तवमा पुरा गीताको सारांश भएकोले यसलाई एकदमै महत्वपूर्ण भाग मानिन्छ ।

तेस्रो अध्याय

गीताको तेस्रो अध्याय कर्मयोग हो । यसमा श्रीकृष्णले अर्जुनलाई सम्झाउँछ कि, परिणामको चिन्ता नगरी हामीले आफ्नो कर्म गर्नुपर्छ ।

चौंथो अध्याय

यसमा श्रीकृष्णले अर्जुनलाई धर्मपरायणको संरक्षण र अधर्मीको विनाशका लागि गुरुको अत्याधिक महत्व रहेको बताउँछ ।

पाँचौ अध्याय

यसमा अर्जुनले श्रीकृष्णसँग सोध्छ कि, कर्मयोग र ज्ञानयोग दुईमध्ये कुन चाहि उनको लागि उत्तम छ । तब कृष्णजीले भन्छन्, दुबैको लक्ष्य एकै हो । तर, कर्म योग अभिनयका लागि उत्कृष्ट हुन्छ ।

छैठौं अध्याय

यसमा श्रीकृष्णले अर्जुनलाई अष्टांग योगको बारेमा बताएको छ । उनले बताएका छन् कि कुन प्रकार मनको द्विविधा हटाएर महारथ प्राप्त गर्न सकिन्छ ।

सातौं अध्याय

यसमा श्रीकृष्ण निरपेक्ष वास्तविकता र त्यसको भ्रामक उर्जा ‘माया’को बारेमा अर्जुनलाई बताउँछ ।

आठौं अध्याय

गीताको यस पाठमा स्वर्ग र नर्कको सिद्धान्त सामेल छ । यसमा मृत्युअघि व्यक्तिको सोच, अध्यत्मिक संसार तथा नर्क र स्वर्ग जाने राय बताउँछ ।

नवौं अध्याय

यसमा श्रीकृष्णले आन्तरिक उर्जाले सृष्टिलाई व्याप्त बनाउँछ, त्यसको सिर्जना गर्छ र पुरा ब्रम्हान्ड नष्ट गर्छ भन्ने वताउँछ ।

दशौं अध्याय

यसमा श्रीकृष्णले अर्जुनलाई भन्छ कि, कसरी सबै तत्व र आध्यात्मिक अस्थितत्वको अन्त्यको कारण बन्छ ।

एघारौं अध्याय

यस अध्यायमा अर्जुनको निवेदनमा कृष्णले आफ्नो विश्वरुप धारण गर्छ ।

बाह्रौं अध्याय

यस अध्यायमा कृष्ण भगवान भक्ति मार्गको महिमा बताउँछन् । यसका साथै उनले भक्तियोगको वर्णन अर्जुनलाई सुनाउँछ ।

तेह्रौं अध्याय

यसमा श्रीकृष्ण अर्जुनलाई क्षेत्र र क्षेत्रज्ञको ज्ञानको बारेमा तथा सत्व, रज र तम गुणद्वारा राम्रो योनीमा जन्म लिने उपाय सिकाउँछ ।

चौध अध्याय

यसमा श्रीकृष्ण सत्व, रज र तम गुण तथा मनुष्यको उत्तम, मध्यम र अन्य गतिको विस्तारपूर्वक वर्णन गर्छन् । अन्त्यमा यी गुण पाउने उपयाय र यसको फल पनि बताउँछ ।

पन्ध्रौं अध्याय

यसमा श्रीकृष्ण भन्छन् कि दैवी प्रकृतिवाला ज्ञानी पुरुष सर्व प्रकारबाट मेरो भजन गर्छ तथा आसुरी प्रकृतिवाला अज्ञानी पुरुष मेरो उपहास गर्छ ।

सोह्रौ अध्याय

यसमा श्रीकृष्ण स्वभाविक रीतिले दैवी प्रकृतिवाला ज्ञानी पुरुष तथा आसुरी प्रकृतिवाला अज्ञानी पुरुषको लक्षणको बारेमा बताउँछ ।

सत्रौं अध्याय

यसमा श्रीकृष्णले अर्जुनलाई भनेको छ कि शास्त्र विधीको ज्ञान नभएको कारणले शास्त्र विधी छाड्नुमा यज्ञ, पूजा आदि शुभ कार्य त श्रद्धापूर्वक गर्छन्, त्यसको स्थिती के हुन्छ ।

अठारौं अध्याय

यस अध्याय पछिल्लो सबै अध्यायको सारांश हो । यसमा अर्जुनले श्रीकृष्णसँग न्यास अर्थात ज्ञानयोग र त्याग अर्थात फलासक्तिरहित कर्मयोगको तत्व जान्ने इच्छा प्रकट गर्छ ।

यस्ता छन् गीताको सार :
-किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ?
-आत्मा न जन्म लिन्छ न मर्छ ।

-जे भयो, त्यो राम्रो भयो । जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ ।
-तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर । वर्तमान चलिरहेको छ ।
-तिम्रो के गएको छ र तिमी रुन्छौ ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ?
-तिमीले के पैदा गरेका थियौ र नाश भयो ?
-तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ । जति दियौ, यहीं नै दियौ । खालि हात आएका थियौ, खालि हात नै -गयौ, जे आज तिम्रो छ,त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ ।
-तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ । यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो ।
-परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो ।
-एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।

प्रतिक्रिया दिनुहोस्