Logo

सार्वजनिक भयो कुटुमा कुटु को मेकिङ भिडियो



Spread the love

चलचित्र ‘२ रुपैँया’को चर्चित गीत ‘कुटुमा कुटु’ को मेकिङ भिडियो सार्वजनिक भएको छ । जी टु वान युट्युब च्यानलबाट उक्त मेकिङ भिडियो सार्वजनिक भएको हो ।‘कुटुमा कुटु’ यो बर्षको सर्वाधिक हिट गीत हो। राजनराज सिवाकोटीको संगीतमा तयार भएको उक्त गीत फिल्म ‘दुई रुपैयाँ’मा समावेश छ। स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामाङ फिचारीङ यो गीतको भिडियोले युट्युवमा अपलोड भएको छोटो समयमा नै करोड भ्युअर्स पाएको थियो।

 सार्वजनिक भिडियो हेर्दा गीतको भिडियो बनाउन निर्माण युनिटले खुबै मेहनत गरेको देखिन्छ। मेकिङ भिडियोमा गीत तयार गर्दा देखि पोस्ट प्रोडक्सनको काम गर्दा सम्मको कुरालाई समेटिएको छ।करिव १३ मिनेटको भिडियोमा गीतको लागि कलाकरहरुले गरेका रिर्हलसल र सुटिङ गरिएको दिनलाई देखाईएको छ । त्यसैगरी भिडियोमा कलाकारहरुले गीतको बारेमा राखेका बिचारहरु र सुटिङ गर्दाको रमाइलो पलहरुलाई समेटिएको छ । गीतमा रजनराज शिवाकोटी, मेलिना राई र राजन इसनको स्वर रहेको छ। असिम शाहको निर्देशनमा तयार भएको फिल्म दुई रुपैयाँ भदौ २३ गतेबाट प्रदर्शनमा आउदै छ।

हेर्नुहोस् मेकिङ भिडियो :

प्रतिक्रिया दिनुहोस्