Logo

आगलागीले घर सखाप, लाखौँको क्षति



Spread the love

१८ भाद्र, ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिका–९ स्थित बुङकुलुङमा एक घर जलेर नष्ट भएको छ । मंगलबार अचानक भएको आगलागीले स्थानीयवासी मनोज गरुङको घर जलेर नष्ट भएको हो । टिनको छाना भएको कच्ची घर जलेर नष्ट हुँदा करीब आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगलागीका कारण घरसहित घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । आगलागीको कारण खुलेको छैन । आगलागीले अन्य क्षति भने नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्