Logo

पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई ‘उत्कृष्ट आंगिक क्याम्पस’को उपाधि



Spread the love

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत उच्च शिक्षा शाखाद्वारा प्रदान गरिंदै आएको ‘उत्कृष्ट आंगिक क्याम्पस’को उपाधि २०७६ का लागि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को केन्द्रिय क्याम्पस, पुल्चोकलाई प्रदान गरिने भएको छ ।

मन्त्रालयद्वारा राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा आंगिक, सामुदायिक र निजी क्षेत्रका १,१ वटा गरी जम्मा ३ वटा क्याम्पसहरूलाई उत्कृष्टताको आधारमा नगद पुरस्कार सहित पुरस्कृत गर्ने व्यवस्था अनुरुप यस वर्षका लागि उत्कृष्ट आंगिक क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक क्याम्पस, पुल्चोक, ललितपुर पर्न सफल भएको हो ।

तस्बिरमा पुल्चोक परिसर !!!

त्यसैगरी उत्कृष्ट सामुदायिक क्याम्पस तर्फ जे.एस.मुरारका बहुमुखी क्याम्पस, लाहान, सिराहा सम्मानित एवम् पुरस्कृत भएको छ भने निजी क्याम्पस तर्फ त्रिभुवन विश्वविद्यालय अन्तर्गत कै काठमाडौं बर्नहार्ट कलेज, बाफल, काठमाडौं पुरस्कृत भएको हो ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सुचना जारी गर्दै छनौटमा परेका तीन क्याम्पसहरुको नाम सार्वजनिक गर्दै पुरस्कारका लागि उच्च शिक्षा शाखामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्